न्यायपरिषद सदस्य निरालाको कोरोना संक्रमणबाट निधन

न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनको मंगलबार काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनी वैशाख १० गते भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो ।

निरालालाई सरकारको सिफारिसमा २०७६ पुसमा न्यायपरिषद् सदस्य नियुक्त गरिएको थियो । उनी तत्कालीन शाही सरकारका पाला महान्यायाधिवक्ता पनि थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार