मेलीना राई र श्रीकृष्णको स्वरमा रहेको म्युजिक भिडियो ‘राम हो झुमा हो’ सार्वजनिक

गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वर र विदुर गिरीको शब्दमा रहेको गीत “राम हो झुमा हो” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्वजनिक भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रा. लि. ले बजारमा ल्याएको हो ।

विदुर गिरिको शब्द रहेको गीतमा श्रीकृष्ण क्षेत्रीले संगित दिएका छन् । गाउँमै काम गर्नुपर्छ अनि आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश बोकेको उक्त म्युजिक भिडियोमा गीता ढुङ्गाना र सुनील क्षेत्रीले अभिनय गरेका छन् । जसलाइ राम केएसीले निर्देशन गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार