गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्णमा गम्भीर त्रुटि, वाइडबडी जहाज सञ्चालन गर्न नसकिने

नेपालको नागरिक उडड्यनको क्षेत्रमा विशेष महत्वका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण र डिजाइनमा नै गम्भीर त्रुटि भेटिएको छ । विमानस्थलको धावन मार्गमा जहाज अवतरण पछि ट्रनिङ स्पेस नपुग्ने समस्या देखिएको हो । जसको कारण गर्दा उक्त विमानस्थलमा तत्काल नै वाइडबडी जस्ता ठूला जहाज सञ्चालन गर्न नसकिने भएको छ ।

बिहिबार परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको राष्ट्रिय ध्वजाबाहक जहाज ए–३३० रनवेमै अड्किएको थियो । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको हाे । जहाज २–८ रनवेबाट ल्याण्ड हुनुपर्ने हो । तर पाइलटले नयाँ विमानस्थल भएको कारण गर्दा २–८ रनवेमा ल्याण्ड गर्न असहज महसुस गरेका थिए । र अर्को विकल्प मागे । प्राविधिकहरुले १–० रनवेमा अवतरण गर्न अनुमति दिए । त्यसपछि उक्त रनवेमा जहाज सुरक्षित तरिकाले अवतरण भएपनि मोड्नको लागि स्पेस पुगेन । र टोइङ गर्नुपर्यो । टोइङ भनेको जहाज आफ्नै क्षमतामा रनवेबाट फर्कन नसकेपछि टोइङ भेक्कलको मदतमा तान्नु हो ।

उक्त जहाजका पाइलट रमन घिमिरेले तत्काल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीले उडान भर्न सक्ने अवस्था नरहेको बताएका छन् । धावनमार्ग विस्तार र ट्रर्निङ स्पेस थप गरेपछि मात्र वाइडबडी जहाज सञ्चालन गर्न सकिने उनको भनाई छ ।

‘विमानस्थलमा तत्काल वाइडबडी जस्ता ठूला जहाज सञ्चाल गर्न सक्ने अवस्था छैन । जहाज अवतरण पछि ट्रर्निङमा समस्या छ । ट्रर्निङ स्पेस नै पुग्दैन ।’ उनले थपे ‘वाइडबडी जस्ता ठूला जहाज सञ्चालनको लागि धावनमार्ग विस्तार र ट्रर्निङ स्पेस थप गर्न आवश्यक छ ।’

धेरै उत्साहकासाथ हेरिएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज नै सञ्चालन गर्न नसकिने भएपछि सरोकारवालाहरुलाई पहिलो गासमा नै ढुंगा लागेको छ । विमानस्थल निमार्ण गर्दा ध्यान नपुराउँदा यस्तो समस्या उत्पन्न भएको हो ।

अरबै रकम खर्च गरेर सञ्चालनमा आएको विमानस्थलमा ठूला जहाज नै सञ्चालन गर्न सक्ने अवस्था नभएपछि थप समस्या उत्पन्न भएको छ । उक्त आयोजनाका प्रमुख हालका नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी हुन् । विमानस्थलको डिजाइनका सन्दर्भमा पटक-पटक विवाद समेत उत्पन्न भएको थियो। तर आयोजनाका प्रमुख अधिकारीले त्यसको वेवास्ता गरेका थिए । अधिकारीले जिम्मेवारी लिएका यस्ता थुप्रै आयोजना पटक-पटक विवादमा पर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार