रामेछापको एक घरमा आगलागी हुँदा कार्की दम्पत्तीको मृत्यु

रामेछाप जिल्लाको उमाकुन्ड गाउँपालिका वडा नं २ बाम्ति लहरे टोलको एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार मध्यरातमा भएको आगलागीमा ७८ वर्षका धनबहादुर कार्की र उनकी श्रीमती ६८ वर्षकी सीता कार्कीको मृत्यु भएको हो ।

घर भित्र सुतिरहेका बेला मध्यरातमा लागेको आगोका कारण मनोहर कार्कीका वृद्ध बुबा र आमाको मृत्यु भएको भएपनि मनोहर कार्की र उनकी श्रीमति कल्पना कार्की तथा ३ वर्षकी छोरी स्मारीका भने झ्यालबाट हामफालेर बाँचेको प्रहरीले जानकारी दिएको छ ।

घट्नाको जानकारी पाए लगत्तै राति नै बाम्ति प्रहरी चौकिबाट प्रहरी टोली गएको भएपनि प्रहरी घटना स्थलमा पुग्नु अगाडि नै वृद्ध दम्पत्तिको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार