गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ ।

सोमबार जारी मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरेको हो । नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ ।

यसअघि गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार