मनोनयनको पहिलो दिन : पोखराको मेयरमा ११ जनाको उम्मेदवारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज मनोनयनको पहिलो दिन पोखरा महानगरपालिकाको प्रमुखमा ११ जनाको उम्मेदवारी परेको छ । ६ स्वतन्त्र र ५ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन । उपप्रमुखमा तीन दल र एक स्वतन्त्रसहित ४ जनाले मनोनयन दर्ता गराए ।

प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा खडकराज पौडेल ९गनेस०, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ छन् । मौलिक जरोकिलो पार्टीका सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ, नेपाल जनता दलका मुक्तिनाथ सुवेदी र राप्रपा (नेपाल)का गोविन्द गुरुङले मनोनयन दर्ता गराएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार