शिवनगर सामुदायिक वनमा मृत भेटिए एक दम्पतीको

बुटवल । बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पती शव भेतिएको छ ।मृतक दम्पती बुटवल उपमहानगरपालिका वडा नं.११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

उनीहरु गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका तर घर नफर्किएपछि खोजी गर्दै जाँदा जंगलमा मृत अवस्थामा भेटिएको केसीले बताए ।शव नजिकै शिशाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेकोले घटनाबारे थप अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार