विमानस्थलबाट १४ करोड रुपैयाँ बराबरको सेतो हेरोइन बरामद

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ करोड रुपैयाँ मूल्य बराबरको सेतो हेरोइन   बरामद भएको छ ।

प्रहरीले लागुऔषध (सात किलो सेतो हेरोइर्न) सहित दुई विदेशीलाई पक्राउ गरेको हो । नेपाललाई ट्रान्जिट बनाइ लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।

वैशाख पहिलो साता कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाको जोहानेशवर्गबाट कतारको दोहो हुँदै काठमाडौँ आएका जिम्बावेका नागरिक कपुतुला अभिसर्गले ल्याएको सुटकेट जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनले सुटकेसमा फल्स बटम बनाइ लुकाएर ल्याएको अवस्थामा सात किलो सेतो हेरोइन फेला परेको थियो ।

उक्त लागुऔषध लिन आएका भारतका ललनुन्पुइलाई पनि पक्राउ गरिएको जनाइएको छ । दुबैलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उक्त लागूऔषधको बजार मूल्य रु १४ करोड रहेको व्यूरोले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार