चुनावमा टिकट बाँड्न कांग्रेस संसदीय बोर्ड गठन

नेपाली कांग्रेसले केन्द्रीय संसदीय बोर्ड गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । बोर्डमा १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।

महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्न नसकेपछि बोर्ड गठन गरिएको एक शिर्ष नेताले जानकारी दिए ।

कांग्रेसले संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विभिन्न तहमा संसदीय समिति गठन गर्ने व्यवस्था गरेको छ।

प्रतिनिधि सभा क्षेत्र संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति गरी चार समिति छन्, जसले कांग्रेस उम्मेदवारलाई चुनावी टिकट दिन्छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार