एमाले परित्याग गरेर राप्रपा प्रवेश गरेका ओली मेयरको उम्मेदवार

नेकपा एमाले परित्याग गरेर राप्रपा प्रवेश गरेका श्यामसुन्दर ओलीलाई राप्रपालले कन्काइ नगरपालिकाको मेयर बनाउने निर्णय गरेको छ ।

आइतबार नै एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका ओली मेयरको उम्मेदवार बन्ने भएका हुन् ।

ओलीलाई आइतबार नै झापामा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । ओली यसअघि एमालेबाट कन्काइ नगरपालिकामा मेयरका आकांक्षी रहेका थिए । तर एमालेबाट टिकट नपाउने भएपछि राप्रपामा प्रवेश गरेका हुन् ।

ओली कलाकार खुश्बु ओलीका बाबु हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार