मेयरको उम्मेद्वार बन्न राजीनामा दिएका मन्त्रीले पाएनन् टिकट

हत्तपत्त फिर्ता लिए राजीनामा

मेयरको टिकट नपाएपछि मन्त्रीले प्रदेश सांसदबाट दिइसकेको राजीनामा फिर्ता लिएका छन् । मधेश प्रदेशको कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले मन्त्री पद तथा सांसद पदबाट राजीनामा दिए पनि मेयरको टिकट पक्का नभएपछि फिर्ता लिएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट सांसद रहेका यादव अहिले प्रदेश सरकारमा मन्त्री छन्।उनले सिरहा नगरपालिकाको मेयरका लागि आकांक्षा देखाएका थिए ।

 अहिले उनी पनि यादवले मन्त्री पदबाट दिएको राजीनामा प्रदेश सभा सचिवालयमा दर्ता नगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जस्ताको त्यस्तै निवेदन फिर्ता पठाएको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार