गोकर्णेश्वरमा एकीकृत समाजवादी र माओवादीबीच चुनावी तालमेल

एक्लियो काँग्रेस

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । मेयरमा नेकपा एस र उपमेयरमा माओवादी केन्द्र लड्ने गरी तालमेल भएको हो ।

सहमतिपत्रमा मेयर र उपमेयरका उम्मेदवारका नाम नै उल्लेख छन् । मेयरमा नेकपा एसका तर्फबाट गोपाल बराल र उपमेयरमा माओवादी केन्द्रका तर्फबाट पेमा छिरी शेर्पाको नाम उल्लेख भएको हो ।

महानगरपालिकाबाहेक काठमाडौं जिल्लाका अन्य स्थानीय तहहरूमा एक्लै निर्वाचन लड्ने घोषणा गरेको नेकपा एसले गोकर्णेश्वरमा माओवादीबाट नेतृत्व पाएपछि तालमेल गरेको छ । दुबै पार्टीले आज सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

यस्तै वडातर्फ ६ अध्यक्ष माओवादी केन्द्रले लिएको छ । जसमा १, २, ३, ५, ७ र ९ छन । नेकपा एसले ४, ६ र ८ गरी ३ वटा वडा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार