राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उम्मेदवार

काठमाडौं । राप्रपाले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिँदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतारेको छ । पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उम्मेदवारको रुपमा खडा गरेको हो ।

यसैबीच नेपालगन्ज उपमहानगरका मेयर रहेका महामन्त्री डा.धवल शमशेर राणा सोही नगरमा पुनः उमेदवार नबन्ने भएपछि चार दिन अघि मात्रै नेकपा माओवादी केन्द्रबाट राप्रपा प्रवेश गरेका नन्दलाल वैश्यलाई मेयरमा उमेदवार बनाउने राप्रपाले टुंगो लगाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार