मालपोत प्रमुख लेखा पनेरु घुससहित पक्राउ

जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेकी छन् ।  ताप्लेजुङको फक्ताइङलुङ गाउँपालिका ७ को जग्गा अंयिारबीच भाग बन्डाका लागि उनले घुस मागेको भन्दै महतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । फुङलिङ नगरपालिका ४ स्थित राधा श्रेष्ठको घर अगाडीबाट उनलाई आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट १ लाख ५० हजार रकम लेनदेन गरेको अभियोगमा पनेरुलाइ अख्तियारको टोलीले नियन्त्रणमा लिएको  हो । गत साउन महिनाबाट चलेको यो प्रकृयाको कागजी प्रकृया भइसकेको र लेनदेनकै कारण सम्वन्धित धनीलाई कागजात भने बुझाउन बाँकी रहेको अवस्थामा यो घटना भएको समेत अख्तियारले प्रारम्भिक जानकारी दिएको छ।

उनि गतहप्तामात्रै निजामती सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि काम  गरेकोमा राष्ट्रपतिबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित भएकी कर्मचारी हुन ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार