ललितपुरका स्थानीय तहमा काँग्रेस र माओवादीको चुनावी तालमेल

समाजवादीले पाएन भागबण्डा

ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्रै चुनावी तालमेल गर्ने भएका छन्। सत्ता गठबन्धनको प्रमुख घटक एकीकृत समाजवादीलाई भने उनीहरुले भागवण्डा दिएका छैनन् । गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख नै कांग्रेसले लिएको छ।

महालक्ष्मी नगरपालिकाको प्रमुख नेकपा माओवादी केन्द्रलाई र उपप्रमुख कांग्रेसले लिएको छ।कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष कांग्रेसले लिएको छ।बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ।महाँङ्काल गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ।

ललितपुर महानगरमा भने मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने यसअघि नै सत्तागठबन्धनमा सहमति भएको थियो।

यता कांग्रेस र माओवादीले मात्रै चुनावी तालमेल गरेकोमा नेकपा एकीकृत समाजवादीले भने विरोध गरेको छ। पार्टीका ललितपुर सहईन्चार्ज अमृत तिमल्सिनाले कांग्रेस र माओवादीले अनावश्यक दम्भ देखाएकोले आफूहरूले विरोध गरेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार