पूर्वी युक्रेनमा रुसको भिषण गोलाबारी, ८ जनाको मृत्यु

काठमाडौं । पूर्वी युक्रेनमा रुसले भिषण गोलाबारी गरेको छ । आक्रमणमा ८ जनाको मृत्यु भएको छ । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले सामाजिक सञ्जाल टेलिग्राममा पोष्ट गर्दै रुसी आक्रमणमा ८ जना मारिएको जानकारी दिएका हुन् ।

उनले लुहान्स्क क्षेत्रको सेभेरोडोनेत्स्क शहरमा रहेको प्रहरी चौकी पनि ध्वस्त भएको जानकारी दिएको बीबीसीले जनाएको छ । टेलिग्राममा उनले गोलाबारीका क्रममा हिर्स्के र जोलोटे शहरमा ६ जनाको मृत्यु भएको बताए । त्यस्तै, पोपास्ना शहरमा अरु दुई महिलाको शव फेला परेको उनको भनाइ छ ।

गत फेब्रुअरी २४ मा रुसले राजधानी किभ कब्जा गर्ने रणनीतिका साथ युक्रेनमाथि आक्रमण गरेपनि उक्त योजना असफल भएपछि रुसी सेनाले हाल पूर्वी युक्रेनमाथि आफ्नो आक्रमण केन्द्रित गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार