जसपाबाट मेयरको टिकट नपाएपछि चारनाथका मेयर लोसपामा प्रवेश

मेयरको टिकट नदिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरूसँग झगडा गरेका निवर्तमान मेयरले लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरी टिकट लिएका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादवले जनता समाजवादी पार्टीबाट टिकट नपाएपछि पार्टी परित्याग गरी लोसपाबाट टिकट लिएका हुन् ।

आफूलाई टिकट नदिएपछि टिकट वितरण गर्ने जसपाका कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, प्रदेश उपाध्यक्ष शेषनारायण यादवसहित १०(१२ जना नेताहरूलाई यादवको समूहले आज बैठकमै कुटपिट गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार