कोरोनाले मृत्यु भएकाको शव वाग्मती किनारमै जलाउन थालियो (भिडियो)

कोरोनाबाट मृत्यु हुनेको शव पशुपति आर्यघाटस्थित वाग्मती किनारमै जलाउन थालिएको छ । विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएकोले वाग्मती किनारमै शव व्यवस्थापन गर्न थालिएको हो ।

संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनहरुमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गरिएको छ । आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सोमबार दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापनका लागि अनुरोध आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सोमबार वाग्मती किनार र नदीको बीच भागमा रहेको ढिस्कोमा समेत शव जलाइएको थियो । उनका अनुसार वैशाख १६ गते २३ तथा १७ र १८ गते २६/२६ जनाको शव व्यवस्थापन गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार