काभ्रेमा कांग्रेसले हेपेको माओवादीको गुनासो

एमालेसँग चुनावी तालमेलको प्रयास

काभ्रे । काभ्रेमा नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेलको विषयमा छलफल अगाडी बढाएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालेमल गर्ने सहमति भएपछि काभ्रेमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति जुट्न सकेन । कांग्रेसले आफूहरुलाई हेपेकाले सहमति हुन नसकेको माओवादी नेताहरुको भनाई छ ।

कांग्रेसले १३ पालिकामध्ये बनेपा, धुलिखेल र पनौती तीन वटै नगरपालिकासहित ९ वटा आफूले लिने र माओवादीलाई तीनवटा मात्रै दिने प्रस्ताव गरेको छ । माओवादीले भने पाँच वटामा दाबी गरेको छ ।

कांग्रेससँग समहमति जुट्न नसकेपछि माओवादी केन्द्रका नेताहरुले शनिबार मध्यान्हदेखि एमालेसँग सम्वाद अघि बढाएको छ । कांग्रेससँग तालमेल नगर्ने टुंगो गरेको अवस्थामा मिलेर जान एमाले नेताहरु सकारात्मक देखिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार