बालेन शाहले दर्ता गराए काठमाडौंको मेयरमा उम्मेदवारी

काठमाडौ महानगरपालिकाको मेयर पदमा बालेन शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय पुगेर उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।

काठमाडौं महानगरमा हालसम्म साझा विवेकशील पार्टीले मेयर पदमा समीक्षा बास्कोटा र उपमेयर पदमा कीर्ति तुलाधरले मनोनयन दर्ता गरेका छन्।

त्यस्तै, नेकपा एमालेले पनि उम्मेदवारी अन्तिम रुप दिएको छ। मेयर पदमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको नाम शनिबार एमालेले टुङ्गो लगाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार