बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले गराए मेयरमा उम्मेदवारी दर्ता

स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर हमालले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

हमाल आइतबार बिहान धनगढी चौराहबाट समर्थकको र्‍याली र बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

२०७४ सालको स्थानीय तह चुनावमा कांग्रेसका नृपबहादुर वडसँग हमाल पराजित भएका थिए । वडले १४ हजार ३ सय २४ र हमालले ११ हजार ५ सय २७ मत पाएका थिए ।

उम्मेदवारी दर्ता गर्दै हमालले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ आफूले मेयर पदमा उम्मेदवारी दिएको बताउँदै नगरबासीले जिताउनेमा विश्वस्त रहेको जनाए ।

उनले चुनावी तालमेल गरेर सत्तारुढ गठबन्धन निर्वाचन लडिरहेपनि नगरबासीले भने गठबन्धनका उम्मेदवारलाई मत नहाल्ने दाबी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार