नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट हाल्नु गलत : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले नयाँ पुस्ताको चिन्ता गर्नेहरुले आफूलाई भोट दिने बताएका छन् । उनल नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताएका छन् ।

आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै शाहले यस्तो आग्रह गरेका हुन् । ‘राजनीतिक दल र नेताहरुलाई गाली गर्नुको कारण देख्छु– नयाँ पुस्ताको चिन्ता । अहिलेको पुस्ताले परिवर्तन ल्यायो, जनताको छोरो शासन सत्तामा पुग्ने भयो । अब छोराछोरीको भविष्यको चिन्ता छ । शिक्षा र स्वास्थ्यमा परिवर्तन चाहिएको छ’ उनी भन्छन्, ‘आशा छ, नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिनुहुन्छ ।’

नेपालको विकास मोडलमा समस्या देखेको उनी बताउँछन् । ‘मैले इन्जिनियरिङ पढें । बुझ्दा हामीले गरिरहेको विकास गलत रहेछ । ०७२ को भूकम्पमा सय वर्ष पुरानो माटाका घर नभत्किने, आधुनिक घर भत्किने यो किन भयो ?’ शाह थप्छन्, ‘एउटा मात्रै मापदण्ड भनेर वा फलाम बढी हाल्दैमा विकास दिगो हुन्छ भन्ने मानसिकता गलत छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार