रुससँग झुक्यो ईयू, ग्यास किन्न रुबलमै कारोबार गर्ने

काठमाडौं । युक्रेनमाथि रुसले आक्रमण गरेपछि युरोपेली संघ (ईयू) ले रुसमाथि प्रतिबन्ध लगाएको छ । त्यसपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसको बदला लिएका छन् ।

गत अप्रिल १ मा पुटिनले मस्कोमागि अवैध प्रतिबन्ध लगाउने मुलुकहरूलाई रुसी ग्यास रुबलमा किन्न बाध्य बनाउने आदेशमा हस्ताक्षर गरेका थिए । पुटिनको यो निर्णयको युरोपेली मुलुकहरूले विरोध गरेको भए पनि अहिले आएर त्यसलाई मानेका छन् ।

युरोपेली आयोगका नयाँ प्रस्तावअनुसार, कम्पनीहरूले रुसमा रहेको बैंक खातामा युरो वा डलर भुक्तानी गर्न सक्छन् र त्यहाँ ती मुद्रालाई रुबलमा कन्भर्ट गरिनेछ । रुसी बैंकमा मुद्रा दाखिला भएपछि मात्र भुक्तानी पूरा भएको मानिनेछ ।

त्यसअघि बेलायतले ग्यास किन्नका लागि रुसको गाजप्रोमबैंकमा रकम दाखिला गर्न छुट दिएको थियो । मे ३१ सम्म यस्तो छुट उपलब्ध रहनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार