तल्ला तहको रिपोर्ट सुन्दा उत्साहित हुनुपर्ने अवस्था छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबारे जिल्ला तहको रिपोर्ट सुन्दा आफ्नो पार्टीले उत्साहित र आशावादी हुने अवस्था नरहेको बताएका छन्।

७३ औँ कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, ‘पाँच दलीय गठबन्धनमा छलफल भइरहेको छ। तर, तल्लो तहको रिपोर्ट सुन्दा उत्साहजनक छैन। पहिलो चरणको सहमति उत्सावर्द्धक नै थियो। महानगर र उपमहानगरको सहमति गरेको छौँ। महानगरको भागबण्डाले राम्रो सन्देश गरेको छ।’

उनले आफ्नो पार्टीको संगठन देशव्यापी भए पनि गठबन्धनमा रहेका दलहरूको तीव्र आकांक्षाले समस्या भएको बताए।

अध्यक्ष नेपालले भने, ‘देशैभर हाम्रो पार्टीको संजाल छ। हामीले हाम्रो हैसियत अनुसारको न्युनतम सबै जिल्लामा पाउनुपर्छ भनेका छौँ। कांग्रेस, माओवादी र जसपाले जितेको ठाउँमा ठिकै छ। एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ। सबैको आकांक्षा बढ्दो रहेछ। कांग्रेसका कतिपय नेताहरू गठबन्धनप्रति इमान्दार देखिएका छैनन्।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार