काठमाडौं मेयरको उम्मेद्वारबाट किन व्याक भइन् खड्गी ?

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।

काठमाडौँको मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएकी श्रृजना काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । यस भन्दा पहिले काँग्रेसतर्फबाट काठमाडौंको मेयरमा हरि प्रभा खड्गीले समेत दाबी गरेकी थिइन् । तर उनी अन्तिम समयमा आएर ब्याक भएकी हुन् । खड्कीले महिलाले नै मेयरकाे टिकट पाउने भएपछि आफू व्याक भएको बताइन् । ‘हाम्रो लक्ष्य महिलालाई नेतृत्वमा पुराउँनु हो । महिलाले नै टिकट पाउने भए पछि म व्याक भएकी हुँ । अब उहाँलाई जिताउनका लागि सहयोग गर्छु ।’ उनले भनिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार