ओलीको गृहनगरमा सत्तागठबन्धनले राप्रपालाई सघाउने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा सत्तारुढ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सघाउने भएको छ ।ओलीको गृहनगर र निर्वाचन क्षेत्र पनि भएकाले प्रतिष्ठाको विषय बनाएको सत्ता गठबन्धनले राप्रपाका राम थापालाई मेयरको टिकट दिएर माओवादी केन्द्रका गगन पुरीलाई उपमेयरमा उठाउने निर्णय लिएको छ।

कांग्रेसले मेयरको दाबीबाट आफ्नो अडान छाडेपछि दमकमा तीन दलबीच गठबन्धन पक्का भएको हो। यहाँ अब कांग्रेस, माओवादी केन्द्र र राप्रपा मिलेर चुनाव लड्ने भएका छन्।

तीन दलको सहमति अनुसार यहाँ राप्रपालाई मेयरसहित २ वटा वडा, माओवादीलाई उपमेयरसहित २ वटा वडा र कांग्रेसलाई ६ वटा दिइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार