भरतपुरमा यो पटक रेनु दाहाल भर्सेस विजय सुवेदी

कस्ताे छ अंकगणित ?

 

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा यो पटक सवैको ध्यान चितवनको भरतपुर महानगरपालिकामा छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहनगर भएकाले पनि भरतपुरले धेरैको ध्यान तान्ने गर्दछ ।

यो पटक प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकामा पुनः उम्मेदवार बन्ने भएकी छिन् । २०७४ सालमा भएको निर्वाचनमा पनि भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री दाहाल नै निर्वाचित भएकी थिइन्। उनी पुनः भरतपुरको मेयरमा दोहोरिन चाहन्छिन्।

सत्तारुढ पाँचदलीय गठबन्धनमा भागबण्डा लगाउँदा माओवादीले नै भरतपुर महानगरपालिका पाउने भएसँगै गठबन्धनका तर्फबाट पुनः दाहाल नै उम्मेदवार बन्ने निश्चितप्रायः छ। त्यसैगरी भरतपुर महानगरपालिकामा एमालेबाट विजय सुवेदी मेयरमा उठ्ने पक्का भइसकेको छ। शान्त र शालीन नेताका रूपमा चिनिने उनलाई एमालेले मेयरको उम्मेदवार बनाउने भएको हो।

भरतपुरको मेयरमा उठ्ने पक्का भएसँगै सुवेदीले बागमती प्रदेशसभा सदस्य पदबाट बिहीबार राजीनामा समेत दिइसकेका छन्। २०७४ सालमा भएको निर्वाचनमा चितवनको क्षेत्र नम्बर २ को २ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनी ४ वर्ष ३ महिना प्रदेशसभा सदस्य रहे।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार