साढे सात किलोग्राम कोकिनसहित विमानस्थलबाट दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे सात किलोग्राम कोकिनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जम्बिएन र भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई केही दिनअघि प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । जम्बिएन नागरिकलाई नेपाल भित्रँदै गर्दा विमानस्थलबाटै र भारतीय नागरिकलाई फलोअपपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार