भरतपुर र माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल हुने

चितवन । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने लगभग निश्चित भएको छ । चुनावी तालमेल गर्ने विषयमा चलेको छलफल अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।

जिल्लाका यी दुई पालिकामा राप्रपाको मत राम्रो रहेकाले राप्रपालाई दुबै पालिकामा उपमेयरसहित केही वडाध्यक्ष दिएर तालमेल गर्ने सहमतिको नजिक पुगिएको एमाले नेताहरुले बताएका छन् ।

राप्रपाको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । राप्रपाका नेताहरुले एमालेसँग सकारात्मक कुराकानी भइरहेको बताए । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपाको बलियो उपस्थिति छ । एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपासँग तालमेल गर्ने भनेर उपमेयरको टुंगो लगाएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार