तास खेलिरहेको अवस्थामा पाँचजना जुवाडे पक्राउ

काठमाडौं । दाङमा तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । शुक्रबार राति घोराही उपमहानगरपालिका–१५ बस्ने ५२ वर्षीय यामबहादुर डाँगीको घरमा तास खेलिरहेको अवस्थामा डाँगीसहित पाँचजना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद दुई लाख ४७ हजार ५०० रुपैयाँ र सात बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार