यस्तो छ आजको मौसम, केहि प्रदेशमा वर्षाको सम्भावना

देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका  एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र गण्डकी  प्रदेशका  एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ ।  सोमबार पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार