एमाले प्रदेश कमिटी सदस्य यादवले गरे पार्टी परित्याग

नेपाल कम्युनिस्ट पार्टी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का इन्चार्ज बाबुलाल यादवले पार्टी परित्याग गरेका छन् । नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

सिद्धान्त र दर्शन मन परेर कसैको अनुहार हेरेर वा लाभ विना २०५४ सालदेखि नै अनवरत रूपमा रुपन्देहीको मर्चवारबाट पार्टीमा लागेको यादवले पार्टीमा अहिले विधिको शासन नभएर नक्कली प्रेम र सद्भाव पाएको बताए ।

नक्कली रूपमा क्षेत्र इन्चार्ज बनाएर राखेको आरोप लागाउँदै अहिलेसम्म सल्लाह सुझावसमेत नमागेको भन्दै खिन्न भएर पार्टी परित्याग गरेको बताए । पार्टी विधि, विचार र सिद्धान्त अनुसार नचलेको, जिल्लाको नेतृत्वले धोका दिई केही नेताले गर्दा बाध्य भएर पार्टी त्याग्नु परेको उनले बताए ।

रुपन्देहीको क्षेत्र नम्बर ४ बाट मेरो पालिका अध्यक्षमा आकांक्षी भए पनि अहिले केही व्यक्तिको एकल निर्णयले आफूलाई जानकारी नै नगराई कुनै प्रकारको छलफल र बहस विना नै आफूविरुद्ध भ्रामक प्रचार गरेको उनको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार