एमाले नेता मियाँ माओवादी केन्द्रमा प्रवेश

 नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मोहमद इस्लाम मियाँ एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

राजविराजमा शनिवार आयोजित कार्यक्रमका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज अशोककुमार मण्डल, केन्द्रीय सदस्य असर्फी सदालगायतका नेताले उनलाई माला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।

मियाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । २०७७ सालमा प्रतिनिधि सभा निर्वाचनमा पनि क्षेत्र नम्बर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए ।

यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा मियाँ पुनः मेयरमा उम्मेदवारी दिने तयारीमा छन् ।  पार्टी प्रवेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरपालिकाको मेयमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताए ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश समिति सदस्यहरू महेशकुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार