नगरपालिकाका प्रमुख चौधरी लोसपामा प्रवेश

 लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् । आज आयोजित एक कार्यक्रममा उनलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गरेका हुन् ।

हालकाे पार्टीमा रहँदा फेरि पनि नगरप्रमुख वा गाउँपालिका अध्ययक्षमा उम्मेदवारी दिन नपाइने भएपछि देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियान झै चलिरहेको छ । यसअघि उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार