कांग्रेस शीर्ष नेताको बैठकमा देउवा र शेखरबीच चर्काचर्की

नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच चर्काचकी भएको छ । गएराति अबेर बालुवाटारमा बसेको कांग्रेस शिर्ष नेताहरूको बैठकमा विराटनगर महानगरपालिकाको मेयरका विषयमा कुरा नमिल्दा उनीहरुबीच चर्काचकी भएको नेताहरुले बताएका छन् ।बैठक राति साढे ११ सम्म चलेको थियो । तर, उमेदवार छनोटमा सहमति हुन सकेन ।

“विराटनगरको राजनीति तपाईंहरू बुझ्नुहुन्न, अमृत अर्याललाई मेयर बनाउनु पर्छ” देउवाले भनेपछि शेखर कोइरालाले भने, “२०५४ सालमा मेयर लडेर हारेको मान्छेलाइ टिकट दिने अहिले ? सांसद , मन्त्री, मुख्यमन्त्री बनाउनुहोस् अलग कुरा भयो। उहाँलाई मेयरमा झार्ने काम नगर्नुहोस् । विराटनगरको निर्णय गर्दा तपाईंले महेश आचार्य र मिनेन्द्र रिजाललाई सोध्नु भयो ?”

जवाफमा देउवाले अमृत अर्याललाई मेयर बनाउने बताएका थिए । फेरि शेखरले आफ्नो अडान दोहोर्याउँदै विराटनगर टुंगो नलगाई अघि नबढ्ने बताएका थिए । शेखरको कुरामा नेता विमलेन्द्र निधि र शशांक कोइरालाले भने समर्थन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार