एकै परिवारका पाँच जनाको घाँटी रेटी हत्या

भारतको उत्तर प्रदेशको प्रयागराज जिल्लामा एकै परिवारका पाँच जनाको घाँटी रेटी हत्या गरिएको छ ।थर्वई थाना क्षेत्रको खेवराजपुर गाउँमा शुक्रबार मध्यरात हत्याराले एकै परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। हत्याराले ५ वर्षीया बालिकालाई पनि आक्रमण गरेका छन्, अहिले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

अपराध गरेपछि हत्याराले शव जलाउन घरमा आगो लगाएका थिए।प्रहरीका अनुसार घटनामा ५ वर्षीया बालिका साक्षी छोरी सुनिल घाइते भएकी छन्। उनलाई प्रयागराजस्थित स्वरूपप्रणी अस्पतालमा भर्ना गरिएको छ। प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार