महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउँदै काँग्रेस

सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसमिति बैठक शनिबार बिहान ११ बजे बस्ने छ । केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि काँग्रेसको निर्देशन छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेललाई प्रभावकारी बनाउने र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्ने सन्दर्भमा छलफल हुनेछ । यसअघि कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भनिएका थियो ।

तर पदाधिकारी र पूर्व पदाधिकारीबीच शुक्रबार भएको बैठकमा महानगरपालिका मेयर र उपमेयरको भागबण्डामा सहमति नजुटेपछि बैठक आजका लागि सारिएको हो । शुक्रबार राति साढे ११ बजेसम्म बसेको बैठकमा पनि सहमति भएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार