महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउन एमाले बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्ने छ ।

उनको अनुसार बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गर्ने छ । यस्तै निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि बैठकबाट हुने रिजालको भनाइ छ।एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार