वडाध्यक्षले कुटे सचिव, टाउकोमा लगाइयाे १६ वटा टाँका

सर्लाहीको बलरा नगरपालिका-७ का वडाध्यक्षले सचिवमाथि हातपात गरेका छन् । वडाध्यक्ष अवधेश मण्डलले वडासचिव रामेश्वर पण्डितमाथि हातपात गरेका हुन् ।

वडाध्यक्षको कुटपिटबाट वडासचिवको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा १६ वटा टाँका लगाइएको छ । वडासचिव पण्डितको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि सर्लाही जिल्ला अस्पताल पठाइएको बताइएको छ ।

मण्डलले वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसामान बुझबुझारथ गर्ने क्रममा विवाद हुँदा कुटपिट भएको पीडित पण्डितको भनाइ छ । मण्डलले ल्याएको भर्पाइमा हस्ताक्षर गर्न अस्वीकार गर्दा आफूमाथि कुटपिट गरेको पण्डितले बताए ।

उनले आफूले जिम्मा लिनुपर्ने सामान लिएर भर्पाइ गरिदिएको अवस्थामा वडाध्यक्षले पुनः अर्को कागजमा हस्ताक्षर गर्न लगाएको र ती कागजात आफूले हस्ताक्षर गर्ने नमिल्ने भन्दै अस्वीकार गर्दा कुर्चीले हानेको बताए ।

वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा लागिएको छ ।

तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार