मानवअधिकारका अलङ्घनकर्तालाई जनप्रतिनिधि नबनाउन अपिल

जवाफदेहिता निगरानी समितिले मानवअधिकारविरुद्ध कार्य गर्ने व्यक्तिलाई जनप्रतिनिधि नबनाउन र मतदान पनि नगर्न सवै मतदातालाई अपिल गरेको छ ।

समितिका संयोजक चरण प्रसाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकमा बढ्दै गएको गएको दण्डहीनताको अन्त्य गरी सुशासन, मानवअधिकारको सम्मान, स्वच्छ शासन प्रणाली तथा दिगो लोकतन्त्र स्थापनाका लागि मानवअधिकार उलङ्घनमा संलग्न रहेका जुनसुकै दलको उमेदवार भए पनि बहिस्कार गर्न मतदातालाई अपिल गरिएको छ ।

यस निर्वाचन प्रकृयामा भाग लिएका सबै राजनीतिक दल तथा जनप्रतिनिधि छान्ने हरेक मतदाताको विशेष जिम्मेवारी र सङ्घीय लोकतान्त्रिक राजनीतिक व्यवस्थाको स्थायीत्व र प्रभावकारीताका लागि उमेदवार छनोटमा मानवअधिकार उलङ्घनकर्तालाई जनप्रतिनिधि नबनाउन माग गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार