उदयपुरमा पनि गठबन्धन फुट्ने निश्चित

उदयपुरमा पनि गठबन्धन टुट्ने भएको छ ।सहमति नजुटेपछि उदयपुरका दुइटा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसले छुट्टै उम्मेदवारी दिने निर्णय गरेको छ।

शुक्रबार बसेको गठबन्धनको बैठकले जिल्लाको चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकामा कांग्रेसले छुट्टै उम्मेदवार र बाँकी चार दलले साझा उम्मेदवार उठाउने सहमति जुटेको हो।

त्रियुगा नगरपालिकाको हकमा भने हिजै बसेको बैठकमा सहमति जुटेको थियो। त्रियुगामा पनि कांग्रेसले छुट्टै र चार दलले साझा उम्मेदारी दिने भनिएको छ।उदयपुरमा चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह छन्। बाँकी ६ वटा स्थानीय तहको हकमा भने सहमति जुट्न सकेको छैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार