आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने निमार्ण व्यवसायीको घोषणा

निर्माण व्यवसायीहरूले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो ।

ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने महासंघले जनाएको छ ।

केही दिनयता सार्वजनिक खरिद अनुगमन र बीमा समितिमा धर्ना दिँदै आएको महासंघले अब भने निर्माण कार्य नै रोक्न लागेको हो । निर्माण व्यवसायीले काम रोकेसँगै चालु रहेका ५ खर्ब बढीका ५ हजार आयोजनाको निर्माण कार्य प्रभावित हुने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार