माओवादी केन्द्र कर्णाली प्रदेशका सहसचिव हुम्लामा कुटिए

नेकपा (माओवादी केन्द्र)कर्णाली प्रदेशका सहसचिव लालकेश जैसी कुटिएका छन्। हुम्लाको चंखेली गाउँपालिका अध्यक्षका लागि उम्मेदवार छनोट गर्ने विषयमा विवाद हुँदा उनी कुटिएका हुन् ।

माओवादीले गोलाप्रथाबाट गोविन्द बहादुर शाही (प्रज्वलन)लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा छनोट गरेको भन्दै चंखेली गाउँपालिका अध्यक्षका आकांक्षी रहेका ध्रुबबहादुर शाहीले उनीमाथि हातपात गरेका हुन्। सहसचिव जैसीले गोला प्रथा गरि अध्यक्ष छनौट गरेको भन्दै हातपात भएको हो।

गाउँपालिकामा आठ जनाले अध्यक्षमा आकांक्षा हुँदाहुँदै मनपरी रूपले टिकट वितरण गरेपछि बाध्य भएर विरोध गरेको शाहीको भनाई छ। जिल्ला प्रहरी कार्यालय हुम्लाले आफूहरूलाई घटनाबारे केही सूचना नआएको जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार