अमेरिकी संसदीय टोली काठमाडौं आइपुग्यो

अमेरिकी ५ सदस्यीय सांसदको टोली शुक्रबार बेलुकी काठमाडौं आइपुगेको छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा टोली तीन दिने नेपाल भ्रमणमा आएको हो । युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर अमेरिकी सांसदको टोली शुक्रबार बेलुकी काठमाडौं आइपुगेको हो ।

टोलीका अन्य सदस्यमा सेनेटरहरु ९माथिल्लो सदनका० शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली छन् । यस्तै, प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स पनि रहेका छन् । उनीहरु सबै डेमोक्र्याटिक पार्टीमा आबद्ध हुन् ।

अमेरिका–नेपाल बीचको जारी दौत्य साझेदारीको एक हिस्साका रूपमा अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार