काठमाडौंको मेयरमा काँग्रेसबाट प्रकाशमान सिंहकी पत्नी उम्मेद्वार

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।

काठमाडौँको मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएकी श्रृजना काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । काँग्रेसले शनिबार विहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिबाट महानगरपालिका मेयर र उप-मेयरका उम्मेदवार चयन गर्ने छ ।

ललितपुर महानगरपालिकामा मुख्यतः वर्तमान मेयर चिरिबाबु महर्जन, पूर्व सांसद चन्द महर्जन र प्रेमकृष्ण महर्जनको नाममाथि छलफल भइरहेको छ । यस्तै विराटनगर महानगरपालिकामा डिला संग्रौला, भीम पराजुली लगायतको नाममाथि छलफल भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार