चितवन काँग्रेसमा लफडा : सभापतिको कार्यकक्षमा तालाबन्दी

नेपाली कांग्रेस चितवनका नेताहरुबीच लफडा भएको छ । नेताहरुले पार्टी सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्। नारायणगढको कमलनगरमा रहेको पार्टी कार्यालयमा असन्तुष्ट नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन्।

भरतपुरको मेयर आफुले पाउनुपर्ने दाबी गर्दै आएका कार्यकर्ताहरु असन्तुष्टि व्यक्त गर्दै ताला लगाएको बताइएको छ ।गठबन्धन दलको तर्फबाट भरतपुरको मेयर माओवादीको भागमा परेपछि कांग्रेस नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।

यता शुक्रबार जिल्ला पार्टी सभापति राजेश्वर खनालले केन्द्रको परिपत्रअनुसार गठनबन्धन बिरोधी भेला छलफल प्रर्दशन नगर्न निर्देशन दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार