मध्यपुर थिमिका नगरप्रमुख श्रेष्ठले दिए राजीनामा

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन पुनः उम्मेदवार दिन धमाधम राजीनामा दिन थालेका छन् ।

श्रेष्ठ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा निर्वाचित भएका थिए । श्रेष्ठले शुक्रबार नगरपालिकाकी उपप्रमुख अन्जनादेवी मधिकर्मीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार