बेलायती प्रधानमन्त्री जोनसन र मोदीबीच भेटवार्ता

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको हो ।

बिहीबार गुजरातबाट भारत भ्रमण सुरू गरेका बोरिसले आज नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेका हुन्। नयाँ दिल्लीको हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच द्वीपक्षीय छलफल भएको थियो। उक्त छलफलमा दुवै देशका प्रतिनिधिमण्डलको सहभागिता थियो। छलफलमा रक्षा क्षेत्र, व्यापार, जलवायु र ऊर्जा लगायतका विषयमा छलफल भएको जनाइएको छ।

भारतले स्वतन्त्रताको अमृत महोत्सव मनाइरहेको बेला बोरिसको भ्रमण हुनु ऐतिहासिक पल भएको मोदीले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार