कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित , अर्को बैठक भोलि बस्ने

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको आज बस्ने भनिएका केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । अब उक्त बैठक शनिबार बस्ने भएको छ । बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको थियो । महानगर पालिकामा स्थानीय तह निर्वाचनका लागि उमेदवार टुंगो लगाउने भन्दै बैठक बोलाइएको थियो । तर, गठबन्धन गर्ने पार्टीको निर्णयप्रति स्थानीय तहमा नेता कार्यकर्ताहरू असन्तुष्ट छन् ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते बिहान ११ बजे बस्ने भएको छ,” पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार