मेयरमा उम्मेद्वार बन्न मन्त्री पदबाट राजीनामा

मधेस प्रदेशका कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले राजीनामा दिने तयारी गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्न उनले मन्त्री पदबाट राजीनामा दिने भएका हुन् । उनी नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य समेत हुन ।

उनले आजै मुख्यमन्त्री लालबाबु राउत समक्ष राजीनामा दिने बुझिएको छ ।सिरहा नगरपालिकाको मेयरका लागि नेकपा एकीकृत समाजवादीले उनको नाम सिफारिस गरेको छ । उनी चुनाव लड्न तयार छन् । वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता हुने भएकाले उम्मेदवारी दिने अवस्थामा आज या भोलिसम्म यादवले मन्त्री तथा प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुपर्नेछ ।।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार